अर्थतन्त्रमा सकरात्मक संकेत देखिन थालिसकेको छ : अर्थमन्त्री डा. महत
काठमाडौँ । अहिले अर्थतन्त्रको समग्र अवस्था सकरात्मक बाटोमा उन्मुख रहेको अर्थमन्त्री डा. प्रकाश शरण महतले बताए । मंगलबार संसदको अर्थसमितिमा बोल्दै अर्थमन्त्रीले अर्थतन्त्र समस्यामुक्त हुँदैन आएका समस्या समाधान जानुपर्ने बताएका हुन ।
२००७ सालपछि मात्रै भौतिक विकासको सुरु गरेका हौं । यो कालखण्डमा हामीले राजनीतिक आरोह अवरोहबाट गुज्रिनु परेकाले हामी भौतिक विकासमा धेरै पछाडि छौं, अर्थमन्त्रीले भने ।
आवश्यकताको तुलनामा पूरा गर्न नसकेका कुरा धेरै छन । माग धेरै छ । पूरा गरेका कुरा कम छ । यस अर्थमा असन्तुष्टि आउनु स्वभाविक हो । यसलाई निर्णायक रुपमा सुधार गरेर लैजानु पर्छ । जसलाई समग्र राज्य संरचना, आम नागरिक सबै सक्रियत हुन जरुरी रहेको अर्थमन्त्रीको धारणा छ ।
समितिमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री डा. महतले भने, ‘अर्थतन्त्र चलायमान बनाउन अर्थमन्त्रालय समन्वयकारी भूमिकामा छ । केही ठाउँमा यसले अगुवाइ पनि गरेको छ । सबैको समन्वय र क्रियाशीलताले समस्या न्यून गर्दै जानेछौं ।
‘राजस्व उठ्ने विषयमा समस्याहरु देखिएको छ । तर प्रगति भएको छ । राजस्व संकलनमा संशोधित लक्ष्य निर्धारण गरेअनुसार उठाउन सकिएको छैन । गत वर्षभन्दा ० दशमलब ५२ प्रतिशत बढी उठाउन सकिन्छ ।
नेपाल राष्ट्र बैंकले कसिलो मौद्रिक नीति अपनायो । जसले गर्दा आवश्यक मुद्रा प्रवाह अर्थतन्त्रमा भएन । ब्याजदर बढ्यो, यसले गर्दा निजी क्षेत्रबाट लगानी बढेन, पूँजीगत खर्च त्यही रुपमा हुन सकेन । जसले गर्दा अर्थतन्त्र भनेजति चलायमान नभएको उनको बुझाई छ ।
त्यसैगरी, एकातिर आयात कम हुँदा भन्सार कम उठ्यो । अर्कोतिर आन्तरिक अर्थतन्त्र चलायमान भएन, जसले गर्दा भन्सार लक्ष्य अनुसार उठेन, गैरकर गत वर्षभन्दा ११ दशमलब ८८ प्रतिशत बढी उठेको छ । ‘जो सम्पन्न छ, कर तिर्नुपर्ने स्थितिमा छ, उनीहरुलाई करको दायरामा ल्याएका छौं । यसले गर्दा आगामी वर्ष राजस्व बढाउन सकिने अर्थमन्त्रीको दाबी छ ।
सरकारले क्षमता भन्दा पनि बढी सामाजिक सुरक्षामा खर्च गरेको छ । पिछडिएका समुदाय, जेष्ठ नागरिकलगायत सबैलाई सामाजिक सुरक्षा खर्च दिन्छौं । विस्तारै विपन्न वर्गको तथ्यांक आउँदैछ, जो निश्चित आयभन्दा तल छ । उनीहरुलाई लक्षित गरेर सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गरिने छ । यो भयो सरकारले आउँदा दिनमा खर्च व्यवस्थापन सहज रुपमा कार्यान्वयन गर्न सक्ने अर्थमन्त्रीको विश्वास छ ।
प्रशासनिक खर्च घटाउन सबै समर्पित लाग्न मन्त्री डा. महतले आग्रह छ । साना–साना बचतबाट ठूलो बचत गर्न सकिन्छ । बचत गर्ने काममा सबै गम्भीर भइयो भने ठूलो बचत हुन्छ । यो ठूलो बचतलाई सही ठाउँमा उपयोग गर्न सक्छौं । यसो भयो भने श्रोत र साधनको हाहाकार नहुने अर्थमन्त्रीको स्पष्ट पारे ।