एनएमबि बैंकले ल्यायो दुई अफर: निःशुल्क अन्तरबैंक फण्ड ट्रान्सफर र निःशुल्क डेबिट कार्ड जारी
काठमाडौँ । एनएमबि बैंकले आफ्ना ग्राहकहरुकालागि बैंकिङ अनुभवमा सकारात्मक परिवर्तन ल्याउने उद्धेश्यले दुई अफरहरू घोषणा गरेको छ ।
अफरमा ग्राहकहरुले इएनएमबि एप र वेब मार्फत नेपालको जुनसुकै बैंक खातामा निस्शुल्क रकम ट्रान्स्फर गर्न सक्नेछन् । चाहे परिवार र साथीहरूलाई पैसा पठाउने होस् वा व्यापारिक लेनदेन गर्ने होस्, यो अफरले ग्राहकहरूलाई सहज र प्रभावकारी रूपमा रकम ट्रान्स्फर गर्न सक्षम बनाउँछ । सो अफर साउनमसान्त सम्म लागु हुनेछ ।
यसकासाथै एनएमबि बैंकले असार २०८० सम्म आफ्नो ग्राहकहरुलाई निस्शुल्क डेबिट कार्ड समेत जारी गर्ने भएको छ । एनएमबि बैंकका नयाँ वा विद्यमान ग्राहकहरूले कुनै पनि शुल्क बिना नै डेबिट कार्डहरू प्राप्त गर्न सक्नेछन् ।
एनएमबि बैंककाे हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु रहेका छन् ।