नेको इन्स्योरेन्सद्धारा महेन्द्र गेनाई स्मृति प्रसुति तथा बाल कल्याण अस्पताललाई सहयोग
काठमाडौं । नेको इन्स्योरेन्सले मधेश प्रदेशको सिरहा जिल्लाको धनगढीमाई नगरपालिका, छपराडी स्थित महेन्द्र गेनाई स्मृति प्रसुति तथा बाल कल्याण अस्पताल (मुनाफा रहित सामुदायिक अस्पताल) लाई एघार लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
अस्पतालमा आयोजित एक समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले एघार लाख रुपैयाँको चेक अस्पताल ब्यवस्थापनलाई हस्तान्तरण गरे ।
अस्पतालको भवन भारतीय राजदुतावासको सहयोगमा निर्माण भएको थियो । सो अस्पतालमा मेडिकल उपकरण, औषधी लगायतका सामाग्रीहरुको अभाव रहेकाले सहयोग प्रदान गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले बताए । यस सहयोगले मधेशका महिलाहरुको प्रसुती सेवा तथा बालबालिकाको उपचारमा सहयोग पुग्ने कम्पनीको विश्वास छ । कम्पनीले सामाजिक उत्तरदायित्व स्वरुप उक्त रकम प्रदान गरेको हो ।
देशको निर्जीवन बीमा बजारमा विगत २७ बर्षदेखि सेवा पुर्याइरहेको नेको इन्सुरेन्स लिमिटेडले ब्यवसाय विस्तार सँगसँगै आप्mनो सामाजिक उत्तरदायित्व पनि बहन गर्दै आएको छ ।