सिटिजन्स बैंक र होटेल ठमेल हाउस प्रालिबीच समझदारी
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्गस्थित होटेल ठमेल हाउस प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारी-पत्रमा हस्ताक्षर भएको छ।
सो समझदारी-पत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरूले होटेल ठमेल हाउसमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।
बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय-समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ। डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।