ललिता निवासमा तारबार लगाउँदै काठमाडौं महानगरपालिका

काठमाडौं । ललिता निवासको जग्गा संरक्षण गर्न काठमाडौं महानगरपालिकाले तारबार लगाउने भएको छ। सार्वजनिक जग्गा संरक्षण गर्नका लागि भन्दै नगरपालिकाले घेराबार लगाउन लागेको हो।
महानगर प्रहरी प्रमुख राजु पाण्डेसहित नगरपालिकाको टोली आइतबार दिउँसो बालुवाटार निस्केकाे छ।
ललिता निवास प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यसअघि ६ जनालाई पक्राउ गरेको थियो।