जनउत्थान सामुदायिक लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । लघुवित्तको २ लाख २१ हजार ८५९ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर आइतबार नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत उक्त बोनस शेयर, सम्बन्धीत शेयरधनीहरुको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।