तीन अर्बको ऋणपत्र निष्काशन गर्न सिटिजन्स बैंकले दियो सेबोनमा निवेदन

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले रू. ३ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न सेबोनमा असार ८ गते निवेदन दिएको हो ।
विक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आगामी १० वर्ष सम्मका लागि वार्षिक १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो ।
सेबोनबाट ऋणपत्र निष्कासन गर्न अनुमति पाएपछि कम्पनीले कुल ३० लाख कित्तामध्ये १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १८ लाख कित्ता ऋणपत्र ब्याक्तिगत तबरबाट विक्री गर्नेछ ।