एनएमबि बैंकबाट कृषि कर्जा बेस रेटमा ०.५ प्रतिशत थपमै ऋण पाइने
काठमाडौं । एनएनबि बैंक लिमिटेड र नेपालको डिजिटल कृषि एप खेतीको सहकार्यमा पूर्णरुपमा डिजिटल प्रविद्यिमा आधारित बिना धितो एनएमबि खेती कर्जाको उद्घाटन भएको छ । उक्त ऋणमा बेस रेटबाट शुन्य दशमलब ५ प्रतिशत मात्र थप गरेर ऋण उपलब्ध गराइने बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए ।
उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत केसी र खेती एपका प्रमुख कार्यकारी अधिकृत तुलसी गिरीले संयुक्त रुपमा सम्झौता पत्र आदनप्रदान प्रदान गरेर खेती ऋणको शुरुवात गरेका थिए ।
यस कर्जा मार्फत किसानहरुले खेतिएपको नयाँ फिचर एनएमबि खेती कर्जामा आवेदन दिई सहज रुपमा ५ मिनेट भित्रै कर्जा प्राप्त गर्न सक्छने छन् । वित्तीय पहुँचबाट बञ्चित रहेका किसानहरुले सहज रुपमाकर्जा प्राप्तगरुनभन्ने हेतुले पूर्णरुपमा डिजिटल प्रविद्यिमा आधारित बिना धितो कर्जा नेपालमा नै पहिलो पटक शुरु गरिएको बैंकले दावी गरेको छ ।
किसानहरुले आफूलाई आवश्यक कृषि बिउ बिजन,अन्य विभिन्न आवश्यक कृषि जन्य बस्तु तथा उपकरणहरु खरिद गर्नको लागि यो कर्जा सरल किस्ताबन्दिमा बिना धितो प्राप्त गर्न सक्नेछन् भने यस कर्जा प्राप्त गर्नको लागि अन्य कर्जा जस्तै कर्जाको लागि आवश्यक कागजातहरु पेश गर्नुपर्ने झंझट ब्यहोर्नुपर्ने हुंदैन ।
यो कर्जा पूर्णरुपमा डिजिटल प्रविद्यिमा आधारित कर्जा भएकाले किसानहरुले खेतिसँग पहिला गरेको कारोवारको मूल्याङकन गरेर स्विकृति गरिने बैंकले जनाएको छ भने ग्राहकहरुले ३ महिनादेखि २४ महिनासम्मको भुक्तानी अवधिभित्र कर्जा चुक्ता गर्ने सुविधा प्राप्त गर्न सकिने बैंकले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइको थियो । कर्जा चुक्ता गरिसकेपछि निजले फेरी अर्काे कर्जा पनि तुरुन्तै प्र्राप्त गर्न सकिने व्यवस्था रहेको छ ।
यस एनएमबि खेती कर्जा प्राप्त गर्नको लागि ग्राहकहरुले एनएमबि बैंकमा खाताखोलेको हुनुपर्नेछ भने खेती एप अनिवार्य डाउनलोड गरि एपमा भएका फिचरहरुको प्रयोग गरेर ग्राहक पहिचान विवरण भर्न पर्ने छ । साथै कृषि जन्य उत्पादन तथा उपकरणको कारोवार खेति एपबाट गरेको साथै रोग तथा किरा नियन्त्रण, फर्म शुरु जस्ता खेतिका महत्वपूर्ण चरणहरुमा पूर्ण सहभागि भएको हुनुपर्ने बैंकले पत्रकार सम्मेलनमा बताएको छ ।
देशले कृषिको व्यवसायिकरणमा जोड दिईरहेको अवस्थामा किसानहरुलाई पूर्णरुपमा डिजिटल प्र्रविद्यिमा आधारित विना धितो कर्जा ५ मिनेटभित्र प्राप्त गर्न सकिने यस एनएमबि खेती कर्जाले किसानहरु लाभान्वितभई समग्र कृषि क्षेत्रको विकास भई नेपालको अर्थतन्त्रलाई नै सकरात्मक प्रभाव परि देशको आर्थिक विकासमा मद्धत पुग्ने बैंक र खेतिको विश्वास रहेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवाप्रदान गर्दै आइरहेको छ ।