पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार प्रहरीकाे नियन्त्रणमा
काठमाडौं । प्रहरीले पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई पक्राउ गरेकाे छ । शुक्रबार बानेश्वर प्रहरी वृत्तकाे टाेलीले रौनियारलाई पक्राउ गरेकाे हाे ।
रौनियार पर्सा क्षेत्र नं. ३ बाट निर्वाचित पूर्वसांसद् हुन् । जिल्ला प्रहरी कार्यालय, बाँकेमा उनी विरुद्ध ठगीसम्बन्धी कसुरमा किटानी जाहेरी दर्ता भएकाे थियाे । राैनियार काठमाडौंमा बसिरहेका छन् । साेहि कारण प्रहरीले उनलाई पक्राउ गरिदिन काठमाडौंकाे जिल्ला प्रहरी परिसरलाई अनुरोध गरेकाे थियाे ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनी संघीय समाजवादी फोरमका सांसद् पनि हुन् ।