डेस्कटप अनुभवलाई उत्कृष्ट बनाउँदैः शाओमी
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्ना विश्वभर रहेका उपभोक्ताहरूका लागि अत्याधुनिक र उच्च–गुणस्तरीय उपकरणहरू ल्याउँदै आफ्नो उत्पादनहरु विस्तार गर्दै आएको छ । नेपालमा टेक्नोलोजी रुचाउनेहरूका लागि शाओमीले भर्खरै दुई शक्तिशाली डेस्कटप मोनिटरहरू मी २३.८ इन्च डेस्कटप मोनिटर १ सी र मी डेस्कटप मोनिटर २७ इन्च लिएर आएको छ ।
मी २३.८‘‘ डेस्कटप मोनिटर वान सी, एक कम्प्याक्ट र फिचर–प्याक मोनिटर हो जसले आकर्षक भिजुअल सँगै अत्याधुनिक प्रविधि प्रदान गर्दछ । मी २३.८‘ इन्च आइपीएस एफएचडी डिस्प्लेले स्पष्ट डिटेलहरू रहेको कम्पनीको दावी छ । त्यस्तै, १७८ डिग्री भियुइंग एंगल भएको यो मोनिटर विभिन्न कामहरु जस्तै ग्राफिक डिजाइनिङ्ग, भिडियो इदिटिङ्ग तथा मनोरञ्जनका लागि उत्कृष्ट रोजाइ हो ।
फुल एचडी रेजोलुशनले उत्कृष्ट र क्लियर दृश्य प्रदान गर्नुका साथसाथै १७८ डिग्री भियुइंग एंगलले विभिन्न स्थानहरुबाट आरामदायी रुपमा हेर्न मद्दत गर्दछ । मी २३.८ डेस्कटप मोनिटर वान सी, ६ एमएस फास्ट रेस्पोन्स र ६० एचजेड रिफ्रेस रेटसँग सुसज्जित छ र यसले स्मुथ दृश्यहरू सुनिश्चित गर्दै मोशन ब्लरलाई कम गर्ने कम्पनीले जनाएको छ । जसले गर्दा गेमरहरू र मल्टिमिडिया रुचाउनेहरूका लागि यो एक उत्कृष्ट रोजाइ बन्दछ । यस मोनिटरमा रिफ्रेस रेटसँग रहेको ग्राफिक कार्डले थप इमर्सिभ गेमिङ अनुभवको लागि स्क्रिन टिएरिङ्ग र स्टटरिङ्गको समस्या हटाउँछ ।