अपि पावरको ४० प्रतिशत हकप्रद सेयर बिक्रीका लागि बुक क्लोज मिति तय
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले ४०% हकप्रद सेयर बिक्री गर्न बुक क्लोज मिति तय गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले हकप्रद सेयर बिक्री प्रयोजनका लागि असार २२ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । तसर्थ, असार २१ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र अपिको हकप्रद सेयर भर्न पाउनेछन् ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ः०.४ अनुपातमा १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिइसकेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रुपैयाँ रहेको छ ।