मंगलबार पनि सुन र चाँदी दुबैको मूल्य बढ्यो

काठमाडौं । असार १२ गते, मंगलबार सुन र चाँदी दुबैको मुल्य बढेको छ । यस दिन सुनको मूल्य प्रति तोला २०० रुपैयाँ र चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले बढेको हो ।
सुन चाँदी व्यवसायि महासंघका अनुसार यस दिन छापावाला सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर १ लाख १० हजार ६०० रुपैयाँमा पुगेको हो । यस्तै तेजावी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँका किनबेच भइरहेको छ ।
सोमबार छापावाला सुन प्रतितोला १ लाख १० हजार २०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ९ हजार ८५० रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि प्रति तोला १० रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ पुगेको छ । सोमबार चाँदी प्रति तोला १ हजार ३६५ रुपैयाँका कारोबार भएको थियो ।