नयाँ शैक्षिक सत्रमा ११ र १२ कक्षाका लागि लिइने शुल्कको विवरण बुझाउन काठमाडौं महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यकाभित्र सञ्चालनमा रहेका निजी, सामुदायिक तथा सरकारी विद्यालयहरुको शुल्क नियमन गर्ने भएको छ ।
महानगरले असार ५ गते सबै विद्यालयहरुलाई पत्राचार गर्दै असार मसान्तभित्र सो विवरण पठाउन भनेको छ । महानगर भित्र पर्ने निजी विद्यालयहरुलाई पत्राचार गर्दै महानगरले कक्षा ११ र १२ मा नयाँ शैक्षिक सत्र २०८०-८१ का लागि लिइने शुल्क विवरण बुझाउन निर्देशन दिएको हो ।
विद्यालयहरुले के–के शीर्षकमा के कति शुल्क लिने हो ? महानगरको शिक्षा ऐन २०७५ को दफा २७ (९) बमोजिम पेश गर्नु होला, महानगरले भनेको छ ।
