अपाचे ओनर्स ग्रुपद्वारा मार्सल मिटका साथै एनिभर्सरी राइड कार्यक्रम सम्पन्न
काठमाडौं । ‘सामूहिक प्रहलद्वारा सबथोक सम्भव छ’ भन्ने भावनालाई बाइकिङ कल्चरमार्फत युवाको मनमा स्थापित गर्ने लक्ष्यका साथ सुरुवात गरिएको अपाचे ओनर्स ग्रुप (एओजी) ले शुक्रबार मार्सल मिट र शनिबार आफ्नो एनिभर्सरी राइड कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।
एओजीद्वारा नक्सालस्थित क्राउन प्लाजा होटलमा आयोजित मार्सल मिटमा देशभरिबाट १५ जना मार्सलहरूको सहभागिता रहेको थियो। उक्त कार्यक्रममा देशभरिबाट आएका सबै मार्सललाई हेड मार्सल गौरवकुमार पाठकमार्फत सवारीसम्बन्धी जानकारी र सुरक्षित यात्राका लागि आवश्यक तालिम प्रदान गरेका थिए।
तालिमले अपाचे ओनर्स ग्रुपलाई अझ बलियो बनाएको छ भने तालिम प्राप्त मार्सलद्वारा नेतृत्व गरिने भविष्यका राइड थप सुरक्षित र रमाइलो बन्ने निश्चित भएको कम्पनीले जनाएको छ। नेपाली युवामाझ रहेको बाइकिङप्रतिको प्रेमलाई एओजीमार्फत एक बनाउँदै एकआपसमा भाइचाराको भावनालाई प्रोत्साहन गर्नका निम्ति टिभिएस लामो समयदेखि लागि परेको छ।
त्यसैगरी, कम्पनीले आन्तरिक पर्यटन प्रवर्द्धनको लक्ष्यका साथ आफ्नो एनिभर्सरी राइडपनि भव्ताका साथ सुसम्पन्न गरेको छ। ७० भन्दा बढी राइडरको सहभागिता रहेको काठमाडौं, भृकुटीमन्डपस्थित नेपाल पर्यटन बोर्डको अफिसबाट सुरु भएको उक्त राइड मिनी इलाम, भोटेचौर पुगेर पूनः साँझ काठमाडौंमै फर्किएर समापन गरिएको थियो।
उक्त कार्यक्रममार्फत केही समयअघि एओजीद्वारा आयोजित मार्कयु राइडमा सहभागी भेटरान राइडर्स तथा मोटो भ्लगर्स विजय मोक्तान, प्रमोद श्रेष्ठ (गुफी), अवशिस ओझा र सागर थापालाई सम्मान पत्रका साथै मायाको चिनोसहित सम्मान गरेको थियो। साथै, समस्त सहभागी राइडरहरूलाई पनि मायाको चिनो तथा गिफ्ट ह्याम्पियर बाँडेको थियो।
स्थापनाको पहिलो वर्षमै अपाचे ओनर्स ग्रुपले देशभरबाट ३ हजारभन्दा बढी सदस्यहरू बटुल्न सफल भएको जानकारी दिएको छ। यसले हालसम्म च्याप्टर र मार्शल राइड गरी ४२ वटा राइड सफलतापूर्वक सञ्चालन गरिसकेको छ। त्यसमध्ये चित्लाङ्गसम्मको नाइट राइड र ७ हजार किलोमिटर लामो अन्तर्राष्ट्रिय राइड पनि रहेको छ।
एओजी, बाइकिब कल्चर प्रवद्धनकै निम्ति नेपालका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले गठन गरेको एक ग्रुप हो। कम्पनीले एओजी राइडमा सहभागी राइडर्सको गु्रप च्याटपनि भाइबरमार्फत स्थापना गरेको छ। सो च्याटमा आफ्नो बाइक वा राइडसम्बन्धी कुनैपनि समस्या पर्दा सहजै समाधान प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ। बाइकिङबाट समाजिक कार्यमा सहयोग पुर्याउने र युवाहरुलाई एक अर्कासँग जोड्ने एक प्रभावकारी समूहका रूपमा टिभिएसले अपाचे ओनर्स ग्रुप (एओजी) लाई विगतको एक वर्षदेखि अघि बढाइरहेको छ।
स्थापना कालदेखिनै यस ग्रुपले विभिन्न आकर्षक र मनोरञ्जनात्मक कार्यक्रमहरू मार्फत युवाको बाइकिङप्रतिको लगावलाई प्रोत्साहन दिँदै सामाजिक कार्यमा पनि संलग्न रहँदै आएको छ। जगदम्बा मोटर्स नेपालमा टिभिएसका दुई पांग्रे सवारीसाधनको एकमात्र आधिकारिक वितरक हो। देशभरि १ सय ४० भन्दा बढी डिलरहरूको बलियो सञ्जालका कारण टिभिएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको छ। गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चात उत्कृष्ट सेवा र देशभरि जगेडा पार्टपुर्जाको उपलब्धताका कारण नै टिभिएस आज नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्राण्डका रूपमा स्थापित हुन पुगेको छ।