ग्लोबल आइएमइ बैंकका कर्जा विभागका ४०० कर्मचारीलाई आइएफसीले तालिम दिने
काठमाडौं । अन्तर्राष्ट्रिय वित्त निगमद्धारा ग्लोबल आइएमई बैंकका कर्जा विभागमा कार्यरत करिब ४०० जना कर्मचारीहरुलाई वातावरण तथा सामाजिक जोखिम व्यवस्थापन विषयक तालिम सम्पन्न गरेको छ । उक्त तालिम ग्लोबल आइएमई बैक र अन्तर्राष्ट्रिय वित्तीय निगमको सहकार्यमा सम्पन्न भएको हो ।
उक्त कार्यक्रम विशेष गरेर आइएफसी परफरमेन्स स्टयान्डर्डस् र असल वातावरण तथा सामाजिक जोखिम व्यवस्थापनमा केन्द्रित रहेको थियो । तालिम कार्यक्रमलाई आइएफसीका वातावरण तथा सामाजिक जोखिम विज्ञहरुले संचालन गरेका थिए ।
अन्तर्राष्ट्रियरुपमा प्रयोग भइरहेका असल वातावरण तथा सामाजिक अभ्यास, संस्थागत शुसासन लगायतका विषयहरुबाट बैंकको कर्जा विभागमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धि भई समग्र र्बैंकिङ्ग क्षेत्र लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।