हिसान शैक्षिक मेला नरोक्न उच्च अदालत पाटनले दियाे अन्तरिम आदेश

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ काे निर्देशनमा बन्द भएकाे हिसान शैक्षिक मेला नरोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरू टेकप्रसाद ढुंगाना र रमेश ढकालको संयुक्त इजलासले हिसान शैक्षिक मेला बन्द नगर्न आदेश दिएको हो ।
भृकुटीमण्डपमा बिहिबारदेखि सुरु भएको शैक्षिक मेला काठमाडौं महानगरपालिकाले बन्द गराएको थियाे। एसइइ र कक्षा १२ काे नतिजा नआउँदै मेलामा स्टल राखेकाे भन्दै नगरपालिकाले स्टल हटाएकाे हाे ।
मेलाका नाममा विद्यालयहरुले भर्ना गर्न लाेभ्याउने र विद्धार्थीकाे नाम टिप्ने जस्ता कार्य भएकाले महानगरको शिक्षा विभाग अधिकारीहरु तथा महानगर प्रहरीहरुले मेलाका स्टल हटाइ दिएका थिए।