आयल निगमले घटायाे हवाई इन्धनको मूल्य

काठमाडौं । हवाई इन्धनको मूल्य घटेकाे छ । नेपाल आयल निगमकाे मंगलबार बसेको सञ्चालक समिति बैठकले हवाई इन्धनको मूल्य घटाएकाे हाे ।
हवाई इन्धन आन्तरिकमा प्रतिलिटर १० रुपैयाँ घटेकाे छ । यस्तै, बाह्यमा प्रतिलिटर २६ रुपैयाँ अथवा प्रतिकिलोलिटर २०० डलर घटाइने भएकाे छ। अन्य इन्धनको मूल्य भने यथावत रहेको निगमले जनाएकाे छ ।