फर्जी आवेदन परेको देखिएपछि घोराही सिमेन्टको आईपीओ स्थगित
काठमाडौं । घोराही सिमेन्टको आईपीओ निष्कासन स्थगित भएको छ । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ प्रक्रिया रोक्ने निर्णय गरेको हो ।
सीडीएस एण्ड क्लियरिङ लिमिटेडले नेपाल धितोपत्र बोर्डलाई आईपीओमा फर्जी आवेदन परेको देखिएकाे भन्दै जानकारी गराएको थियो ।
यसअघि बाेर्डले केयर रेटिङ नेपाल लिमिटेडलाई तीन दिन भित्र स्पष्टिकरण दिन भनेकाेमा अटेर गरेकाे र कुनै आधार बिना आईपीओकाे म्याद थप गरेकाे जनाउँदै आईपीओ निष्काशनकाे सम्पूर्ण प्रकृया स्थगन गरेकाे हाे । बाेर्डकी सहायक निर्देशक सरिता महर्जनले कम्पनीकाे आईपीओ निष्काशनमा माग भन्दा बढि कित्ता शेयरकालागि आवेदन प्राप्त हुँदा समेत आईपीओ निष्काशनकाे समयावधि थप गर्न कम्पनीले सूचना प्रकाशित गरेपछि स्थगन गरेकाे जनाएकी छिन् । यसैगरी, लगानीकर्ताहरूकाे सुरक्षा तथा हित संरक्षणलाई मध्यनजर गर्दै कम्पनीकाे रेटिङ र सार्वजनिक निष्काशन सम्बन्धि कैफियतकाे जाँचबुझ गरिने पनि बाेर्डले जनाएकाे छ ।