बैंकका कर्मचारीकाे क्षमताको अभिबृद्धि गर्न बैंकर्स संघले इन्भेष्ट फर इम्प्याक्ट नेपालसँग गर्याे सम्झाैता

काठमाडौं । नेपाल बैंकर्स संघ तथा इन्भेष्ट फर इम्प्याक्ट नेपालका बीच पर्यावरणीय,सामाजिक तथा सुशासनमा प्रमाणित पाठ्यक्रम संयुक्त रुपमा संचालन गर्ने सहमति भएको छ।
सम्झौता अनुसार नेपालमा कार्यरत वित्तीय क्षेत्रका जनशक्तिलाई स्पेन,वार्सिलोनामा अवस्थित युनिभर्सिटी अफ पोम्पेउ फाब्रा बार्सिलोना स्कुल अफ म्यानेजमेन्ट को वातावरणीय,सामाजिक र सुशासन मा प्रमाणित पाठ्यक्रम संयुक्त रुपमा संचालन गरिने छ । सो कार्यक्रमले नेपालको वित्तीय क्षेत्रमा इएसजीसँग सम्बन्धित विषयमा बैंक तथा वित्तीय संस्थाहरुको कर्मचारीको क्षमताको अभिबृद्धि गर्दै दक्ष जनशक्ति उत्पादनमा सहयोगी भूमिका निभाउने विश्वास लिईएको छ ।
सो सम्झौता पत्रमा संघका अध्यक्ष श्री सुनिल के.सी. र इन्भेष्ट फर इम्प्याक्ट नेपाल का तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री विवेक श्रेष्ठले हस्ताक्षगरेका छन्।