काठमाडौंमा हिन्दी फिल्म चल्न नदिने मेयर बालेनको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साह (बालेन)ले काठमाडौं महानगरपालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने जनाएका छन् । उनले बिहिबार सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै जानकी भारतीय छोरी हुन् भन्ने शब्द नसच्याएसम्म कुनै पनि हिन्दी फिल्म चल्न नदिने जनाएका हुन् ।
मेयर बालेनले लेखेका छन्, ‘दक्षिण भारतीय फिल्म आदिपुरुषमा समावेश जानकी भारतीय छोरी हुन् भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौं महानगरपालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन ३ दिनको समय दिइएको छ ।’