चाैधरी ग्रुपकाे नवलपुरमा ‘मिराया वेलनेस एण्ड गल्फ रिसोर्ट’ सञ्चालन
काठमाडौं । सीजी हस्पिटालिटीले नवलपुरको देवचुलीमा ‘मिराया वेलनेस एण्ड गल्फ रिसोर्ट’ सञ्चालनमा ल्याएको छ। शाश्वतधाम र सीजी इन्डस्ट्रियल पार्कसँगै रहेकाे यो रिसोर्ट गल्फ प्रेमीहरूकालागि आकर्षक गन्तब्य बन्ने कम्पनीकाे विश्वास छ ।
अध्यात्म, शान्ति र आनन्ददायी वातावरणकालागि यो रिसोर्ट नेपालको उत्कृष्ट सावित हुने सीजी हस्पिटालिटीले जनाएकाे छ । सीजी इन्डस्ट्रियल पार्क भित्र गल्फ मैदानसँगै सञ्चालनमा आएको यस मिरायाका अतिथीहरूले गल्फको मज्जा लिन सक्ने कम्पनीले जनाएकाे छ। यसकासाथै, शाश्वतधामका दर्शनार्थीहरूकालागि समेत यो रिसोर्ट उत्तिकै सुविधाजनक सावित हुने पनि कम्पनीले विश्वास गरेकाे छ ।
चौधरी ग्रुपका प्रवन्ध निर्देशक एवं सीजी हस्पिटालिटी होल्डिङ्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राहुल चौधरीले भने,‘वेलनेश, अध्यात्मिक चेतना र वातावरणीय दिगोपनकोलागि सीजी हस्पिटालिटीको एउटा उल्लेखनीय प्रमाणका रुपमा मिराया वेलनेश एण्ड गल्फ रिसोर्टलाई प्रस्तुत गर्न पाउँदा म हर्षित छु । मिराया रिसोर्ट सीजी हस्पिटालिटीको मुख्य सिद्धान्तहरुलाई मुर्तरुप दिने गरि तयार गरिएको छ । यहाँ हाम्रा पाहुनाहरुले फरक अनुभुति गर्नुहुनेछ भन्ने मेरो विश्वास छ ।’
यो रिसोर्टलाई नेपालको वेलनेस,आध्यात्मिक शान्ति सहित साहसिक कार्यकोलागि नेपालको विशेष रिसोर्टका रुपमा लिइएको छ । मनमोहक देवचुली पर्वतको फेदमा अवस्थित यो रमणीय गन्तब्य, स्वतन्त्र रुपमा भ्रमणमा उत्साही यात्रुहरुकालागि पनि उत्कृष्ट गन्तब्य बन्ने आशा गरिएकाे छ ।
रिसोर्टमा स्विमिङ् पुल, बास्केटबल र ब्याडमिन्टन कोर्ट रहेका छन् । साथै वाइन टेस्टिङ वर्कशप, क्युरेटेड स्पा, हाइड्रोथेरापी, वेलनेस थेरापी र नेचर ट्रेलहरू जस्ता सुविधाहरु प्नि रिसोर्टमा छन् ।यहाँ देशको शीर्ष श्रेणीमा रहेको गल्फ कोर्स पनि रहेकाे छ ।
मिराया गल्फ एण्ड वेलनेस रिसोर्ट नेपालको ‘बेस्ट केप्ट सेक्रेट’को रूपमा परिचित छ ।रिसोर्टमा वेलनेस वेगनएलाइभ रेस्टुरेन्ट, नेपाली इन्डियन भेजिटेरीयन कजाइन रेस्टुरेन्ट र स्पोट्र्स बार एण्ड ग्रिल, १९ औं होल जस्ता डाइनिङ विकल्प उपलब्ध छन् ।
काठमाडौंदेखि पश्चिम, चितवनको सामिप्यमा रहेको मिरायाबाट देवचुलीपर्वतको अविरल दृश्यवलाेकन गर्न सकिन्छ ।
यो रिसोर्ट भरतपुर विमानस्थलबाट ३० मिनेटको ड्राइभ, काठमाडौंबाट ५ घण्टाको ड्राइभ र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ घण्टाको ड्राइभमा रहेको छ । साथै, निजी हेलिकप्टरबाट २०–२५ मिनेटमा काठमाडौंबाट मिरायामाअवतरण गर्न सकिन्छ ।
रिसोर्ट विवाह, कर्पोरेट मिटिङ एवं अन्यगतिविधि र निजी योग रिट्रीटहरूसहित विभिन्न कार्यक्रमहरू होस्ट गर्न पनि सकिने कम्पनीले जनाएकाे छ ।