कान्तिपुर टेलिभिजन र सानिमा हाइड्रोपावर आईपीओ निष्काशनको अनुमति माग्दै बोर्ड पुगे
काठमाडौं । कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेड र सानिमा हाइड्रोपावर लिमिटेड आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेका छन् । कान्तिपुर टेलिभिजनले जेठ २८ गते र सानिमा हाइड्रोपावरले जेठ २६ गते बोर्डमा आवेदन दिएका हुन् ।
कान्तिपुर टेलिभिजनले सर्वसाधारणको लागि ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति मागेको छ ।
यस्तै, सानिमा हाइड्रोपावरले पनि आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि २४ करोड ५० लाख रुपैयाँ बराबरको २४ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्नेछ ।
दुबै कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।