काठमाडौं माइतीघरमा एक युवकले गरे आत्मदाहकाे प्रयास
काठमाडौं । काठमाडौंकाे माइतीघरमा एक युवकले आत्मदाह गर्ने प्रयास गरेका छन् । उनले नागरिकताको माग गर्दै आफैमाथि पेट्रोल छर्किएका हुन् ।
सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि युवकले आफैंलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए । मोरङ कटहरीका निरजकुमार कामतले पेट्रोल खन्याएर आगो लगाउन खोजेका थिए । हाल उनलाई उपचारकालागि ट्रमा सेन्टर लगिएको प्रहरीले जनाएको छ।
नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा लगातार केहि समययता प्रदर्शन गरिरहेका छन् । निरज कुमार पनि यस आन्दोलनमा जोडिएका छन् । १८ वर्ष पुगेपछि नागरिकता लिने प्रयास गरे पनि असफल भएपछि उनी पछिल्लो पाँच वर्षयता नागरिकता माग गरिरहेका छन् । निरजका हजुरबुवा र बुबाले जन्मको आधारमा नेपाली नागरिकता लिएका थिए । उनका बुवाले २०६४ मा नेपाली नागरिकता पाएका थिए ।