रावा इनर्जिको आईपीओ बाँडफाँट, ६४ हजार ३६६ जनाले पाए १० कित्ताका दरले शेयर
काठमाडौं । रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले जेठ १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालय, कमलपोखरीमा शेयर बाँडफाँट भएको हो ।
कम्पनीको शेयरमा कुल ११ लाख ८५ हजार २०६ आवेदनबाट १ अर्ब २९ कराेड ८६ लाख ३९ हजार रूपैयाँ बराबरकाे १ कराेड २९ लाख ८६ हजार ३९० कित्ता शेयरकाे लागि आवेदन गरेकाे थियाे । त्यस मध्ये १ लाख ७ हजार ४६६ आवेदन रद्द भएका छन् ।
त्यस अनुसार कम्पनीको शेयरमा १० लाख ७७ हजार ७४० जना योग्य आवेदनबाट १ अर्ब १५ करोड ६४ लाख ५९ हजार रुपैयाँ बराबरको १ करोड १५ लाख ६४ हजार ५९० कित्ता शेयरको लागि आवेदन परेको हाे ।
कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितापत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण भएको छ । त्यस अनुसार कुल योग्य आवेदक मध्येबाट ६४ हजार ३६६ जनालाई १० कित्ताका दरले ६ लाख ४३ हजार ६६० कित्ता शेयर वितरण भएको छ । त्यस मध्येबाट पनि २० कित्ता भन्दा बढी आवेदन गर्ने ७ जनाले थप एक कित्ता शेयर पाएका छन् ।
कम्पनीले जारी पूँजी २८ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ८ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ४० हजार कित्तामध्ये ५६ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरु तथा २ लाख ८० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको थियो ।
सोमध्ये ८७ हजार ६७० कित्ता शेयर बाँडफाँट गरिएको थियो भने १ लाख ९२ हजार ३३० कित्ता शेयर बाँकी रहेको थियो। सर्वसाधारणलाई निष्काशन गर्ने शेयरमा सो शेयर थप गरी कुल ६ लाख ९६ हजार ३३० कित्ता शेयर निष्काशनमा ल्याउन लागेको हो। निष्काशन गरिने कुल शेयरमध्ये १५ हजार ४७ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि र ३७ हजार ६१६ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ। बाँकी रहेको ६ लाख ४३ हजार ६६७ कित्ता शेयर सर्वसाधारणकाे लागि आज बाँडफाँट भएको हो ।