रिलायन्स फाइनान्सको लाभांश प्रस्ताव
काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको जेठ २६ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट चुक्ता पूँजी १ अर्ब ५ करोड ३० लाख रुपैयाँको ६.५० प्रतिशतका दरले हुन आउने ६ करोड ८४ लाख ४५ हजार ४११ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.३४ प्रतिशतका दरले हुन आउने ३६ लाख २ हजार ३९० रुपैयाँ नगद गरी ६.८४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
प्रस्तावित लाभांश पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब १२ करोड १४ लाख रुपैयाँ पुग्नेछ ।