जिल्ला निर्वाचन कार्यालयहरु खारेज नगरिने प्रधानमन्त्रीको आश्वासन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जिल्ला निर्वाचन कार्यालयहरु खारेज नगरिने आश्वासन दिएका छन् ।
निर्वाचन आयोगका पदाधिकारीसँग शुक्रबार भएको भेटमा प्रधानमन्त्री दाहालले यस्तो आश्वासन दिएका दिएका हुन् । प्रधानमन्त्री दाहाललाई भेट्न प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित आयोगका पदाधिकारी बिहान बालुवाटार पुगेका थिए ।
भेटमा आयोगका पदाधिकारीले सरकारले बजेट मार्फत निर्वाचन आयोगका जिल्ला कार्यालयहरु प्रशासनमा गाभ्ने निर्णयप्रति असन्तुष्टि जनाएका थिए ।
जवाफमा प्रधानमन्त्रीले आयोगसँग परामर्श गरेरै सरकार अघि बढ्ने बताएका आयोगका पदाधिकारीले जानकारी दिए ।