करोडौंको लगानीमा ‘त्रिसुली रिभर साइड रिसोर्ट एण्ड भिल्ला’ सञ्चालनमा
काठमाडौँ । साढे ६ करोड रुपैयाँको लगानीमा ‘त्रिसुली रिभरसाइड रिसोर्ट एण्ड भिल्ला’ सञ्चालनमा आएको छ । काठमाडौँबाट ७० किलोमिटरको दूरीमा करोडौंको लगानीमा रिसोर्ट एण्ड भिल्ला सञ्चालनमा आएको हो ।
सञ्चालक उद्दव कँडेलले मलेखुको बजारबाट ४ किलोमिटर अगाडि मालिङ्गामा रिर्सोट सञ्चालनमा आएको बताए । कूल साढे ७ करोड रुपैयाँको लगानी योजनामध्ये हाल साढे ६ करोड रुपैयाँ लगानी भइसकेको कँडेलको भनाई छ । लक्षित लगानीको योजना रिसोर्टको पूर्ण निर्माण पुरा हुँदासम्म खर्च हुने बताइएको छ ।
‘यसअघि २० रोपनी क्षेत्रफलमा मलेखु र बेनिघाटकोबीचमा मालिङ्गाभन्ने स्थानमा त्रिसुली रिभरसाइड रिसोर्ट सञ्चालनमा ल्याइरहेको थिएँ,’ कँडेलले भने, ‘अहिले त्यसकै नजिँकै १५ रोपानी क्षेत्रफलमा त्रिसुली रिभरसाइड रिसोर्ट एण्ड भिल्ला सञ्चालनमा आएको छ ।’
रिसोर्टमा २८ वटा डिलक्स रुम छन् । ती सबै रुम अबको १ महिनादेखि पूर्णरुपमा सञ्चालनमा आउने बताइएकोछ । हाल ५ वटा कोठा मात्रै सञ्चालनमा छन् । यस्तै ३०० जना मानिस बसेर कन्फ्रेरेन्स गर्न सकिने हल छ । यस्तै, रेष्टुरेन्ट, किचन, बार, स्वीमिङ पुल, साउना समेत तयार भएर सञ्चालन भइसकेको छ ।
‘यो एउटा फरक खालको रिसोर्ट एण्ड भिल्ला हो । पारिवारिक वातावरणमा मेडिटेसन गर्न मिल्ने स्थान छ,’ कँडेलले भने, ‘यस्तै, सान्त वातावरण छ । हामीले कर्पोरेट सेवाग्राहीलाई लक्षित गरेर यो रिसोर्ट सञ्चालनमा ल्याएका हौं ।’ यस्तै, प्रत्येक कोठामा निजी बाल्कोनी समेत बनाइएको छ । यस्तै, भिल्लाका कोठाहरुले अर्को कोठामा जोडिएको छैन ।
रिसोर्टमा दुई वटा भाग छन् । एउटा भागमा भिल्ला बनाइएका छन् भने अर्को भागमा मेडिटेनस र पारिवारिक समय विताउनका लागि तयार पारिएको छ । रिसोर्टमा पुग्न झोलुङ्गे पुल, स्काई साइक्लिङ र जिपलाइनमार्फत पुग्न सकिन्छ । यस्तै, रिसोर्टभित्र स्काई साइक्लिङको व्यवस्था समेत गरिएको बताइएको छ ।
सन् २०२० देखि निर्माण सुरु भएको यो रिसोर्टको २ वर्षपछि निर्माण सकिएको हो । रिसोर्ट एण्ड भिल्लामा १५ जनाले रोजगारी पाएका छन् । ‘निकट भविष्यमा त्रिसुली रिभरसाइड रिसोर्ट एण्ड भिल्लामा जाने सेवाग्राहीलाई निःशूल्क जिपलाइनको व्यवस्था गरिनेछ,’ कँडेलले भने ।