साना किसान र आरएमडिसी लघुवित्तलाई मर्जरमा राष्ट्र बैंकको अन्तिम स्वीकृति
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्थालाई मर्जरमा नेपाल राष्ट्र बैंकले मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंकले दुबै लघुवित्तलाई मर्जरमा जान जेठ २४ गते अनुमति दिएको हो ।
चैत १० गते सम्पन्न दुबै लघुवित्तको वार्षिक साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेको थियो । सभाले साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त (RMDC) बीच एक आपसमा १ः०.८७ शेयर स्वाप अनुपात स्वीकृत गरेको थियो ।
दुबै लघुवित्तबीच गत भदौ ३१ गते मर्जर सम्बन्धी प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर भएको थियो ।