युनाइटेड अजोडको सिइओमा श्रवण रावल नियुक्त

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा श्रवण रावल नियुक्त भएका छन् । नेपाल बीमा प्राधिकरणबाट स्वीकृति पाएपछि कम्पनीले रावललाई सिइओ नियुक्त गरेको हो ।
नव नियुक्त सिइओ रावलले आज जेठ २५ गतेदेखि पद बहाली गरेका हुन् ।
रावलसँग सगरमाथा इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स लगायतका कम्पनीहरु काम गरेका अनुभव रहेको छ । साविकको आईएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स मर्जर पश्चात बनेको आइजीआई प्रुडेन्सियलमा सिनियर डेपुटी सिईओ समेत रहेका थिए ।