पत्रकार सापकोटाद्वारा लिखित उपन्यास सेयरपुरकाे विमर्श कार्यक्रम
काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज ( सेजन) का पूर्व अध्यक्ष नारायण प्रसाद सापकोटाद्वारा लिखित उपन्यास सेयरपुरकाे विमर्श कार्यक्रम सम्पन्न भएकाे छ । बिहीबार राजधानीमा सेजनले आयाेजना गरेकाे कार्यक्रममा उपन्यास सेयरपुरकाे विमर्श भएकाे हाे ।
कार्यक्रममा नेपाल धिताेपत्र बाेर्डका अध्यक्ष रमेश हमालले आफु पनि नेपालमा बिरक्त लागेर विदेश २० बर्ष बसेर पुनः नेपालमा आएकाे बताए । नेपालकाे सेयर बजार सानाे र फाेहाेर रहेकाे भन्दै बजारलाई पारदर्शी बनाउन प्रतिस्पर्धामा जान लागेकाे बताए ।
उपन्यासकाे मूल्य ५०० रुपैयाँ र विदेशमा १० डलर रहेको छ । उपन्यास ३९ खन्डमा विभाजित रहेकाे छ ।
सेजनका पूर्व अध्यक्ष सापकोटा हिमालय टाईम्स दैनिकबाट आर्थिक बिटमा पत्रकारिता सुरु गरेका थिए हाे । सापकाेटाले राजधानी, नयाँ पत्रिका, नेपाल एफएम, ईमेज च्यानल र नागरिक दैनिकमा काम गरिसकेका छन् ।