५६ लाख शेयर लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्न कुनै कसर बाँकी रहदैनः अर्थ मन्त्री डा. महत

काठमाडौं । अर्थ मन्त्री डा. प्रकाशशरण महतले लगानीको क्षेत्रमा धितोपत्र बोर्डको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । धितोपत्र बोर्डको ३१ औं वार्षिकोत्सवको अवसरमा मन्त्री डा. महतले भने– ‘सेयर बजारमा आम मानिसहरुको लगानी र आयआर्जनको माध्यमका रुपमा ठूलो आकर्षण छ ।
‘आगामी आर्थिक वर्षको आय व्याय प्रस्तुत गर्दा सेयर बजारको विषयमा जे कुरा त्यहाँ उल्लेख भयो, यसको उद्देश्य आम लगानीकर्ताहरुलाई आय करको दायरामा ल्याउने हुँदै होइन, सम्पूर्ण ५६ लाख लगानीकर्ता आय करको दायरामा आउने भए भनेर सेयर बजारमा जुन हल्ला चल्यो त्यो गलत हो –उनले भने ।