नेशनल हाइड्रोपावरलाई हकप्रद निष्काशन गर्न बोर्डको अनुमति
काठमाडौं । ‘नेपाल धितोपत्र बोर्डले नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड (NHPC) लाई हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ । कम्पनीलाई जेठ २२ गते हकप्रद निष्काशन गर्न बोर्डले अनुमति दिएको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने अनुमति पाएको हो । कम्पनीले ८२ करोड २१ लख ४५ हजार रुपैयाँ बराबरको ८२ लाख २१ हजार ४५९.७१ कित्ता शेयर निष्काशन गर्नेछ ।
आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ४६ करोड ७१ लाख रुपैयाँ पुग्नेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तीनाथ क्यापिटल रहेको छ ।