हकप्रद निष्काशनको अनुमति माग्दै छ्याङ्दी हाइड्रोपावर बोर्ड पुग्यो

काठमाडौं । हकप्रद निष्काशनको अनुमति माग्दै छ्याङ्दी हाइड्रोपावर लिमिटेड (CHL) नेपाल धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले हकप्रद शेयर निष्काशनको लागि बोर्डमा जेठ २२ गते आवेदन दिएको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँको १०० प्रतिशत अर्थात १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ३८ लाख ६९ हजार ७७५ कित्ता शेयर निष्काशन गर्नेछ ।
शत प्रतिशत हकप्रद शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री विओके क्यापिटल लिमिटेड रहेको छ ।