आइएमई पे बाट आइएमई लाइफको प्रिमियम भुक्तानी गर्दा एक हजारसम्म क्यासब्याक पाइने

काठमाडौं । ‘आइएमई पे’ बाट आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा सेवाग्रहीहरुले अब आफ्नो प्रिमियम रकमको ०.५ प्रतिशत बराबर (१०००) सम्म क्यासब्याक पाउन सक्नेछन् ।
वैशाख १४ देखि साउन ३१ सम्म लागु हुने उक्त अफर अन्तर्गत ग्राहकले आफ्नो पोलिसी नम्बरको प्रयोग गरी आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम घरै बसी बसी सजिलै तिर्न सक्नेछन् ।