कर्पोरेट ग्राहक र डेटा सुरक्षाका विषयमा प्रकाशित समाचारप्रति टेलिकमको ध्यानाकर्षण

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको गोपनीयताको सुरक्षामा एकरत्ति पनि सम्झौता हुन नदिने स्पष्ट पारेको छ ।
टेलिकमले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै कम्पनीको गोपनीयता र सुरक्षामा शंका गरिएकोमा ध्यानाकर्षण गराएको छ ।
टेलिकमले जेठ २२ मा एक अनलाइन न्युज पोर्टलमा नेपाल टेलिकमका सेवाका सुरक्षाप्रति शंका व्यक्त गर्दै प्रकाशित समाचारप्रति कम्पनीको गम्भीर ध्यानाकर्षण भएको र सुरक्षा तथा गोपनीयतामा एकरत्ति पनि सम्झौता हुन नदिनेप्रति सबै ग्राहकलाई आश्वस्त हुन आग्रह गरेको छ ।
पछिल्लो समयमा आफ्ना संस्थागत प्रयोगकर्ता उल्लेख्य रुपमा बढिरहेकोसमेत टेलिकमले दाबी गरेको छ ।
यस्तै राज्यका अधिकार प्राप्त निकायबाट हुने कुनै अनुसन्धानको प्रक्रियामा प्रचलित कानूनबमोजिम अदालतको आदेशपछि मात्र अन्य दूरसञ्चार सेवा प्रदायकले झैं आफूले विवरणहरु उपलब्ध गराउने गरेको टेलिकमले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ ।
‘कम्पनीका सेवाहरु अत्यन्त भरपर्दा र सुरक्षित बनाइ ग्राहकको गोप्यता कायम गर्न हामी अत्यन्त संवेदनशील रहेको व्यहोरा जानकारी गराउँदै कम्पनीका सेवा निर्धक्क भएर प्रयोग गर्नुहुन अनुरोध छ’, विज्ञप्तिमा उल्लेख छ ।