रेड्मी नोट १२ ५ जी: कनेक्टिभिटी र पर्फमेन्सको जोडदार संयोजन
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी नोट १२ फाइभजी नेपाली बजारमा सार्वजनिक गरेको छ। यो रेड्मी नोट १२ फाइभजी कनेक्टिभिटीको साथ आएको छ। प्रयोगकर्ताहरूले यस फोनको उच्च गतिको साथमा सहज ब्राउजिङ, स्ट्रिमिङ, र डाउनलोडिङ अनुभव लिन सक्नेछन्।
लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले भने, “रेड्मीमा हामीले हाम्रो उपभोक्ताहरुलाई ध्यान मा राखेर हाम्रो ऊत्पदनहरु ल्याउछौँ जसले हामीलाई उचित मूल्यमा नवीनतम प्रविधि थप पहुँचयोग्य बनाउन प्रेरित गर्दछ। रेड्मी नोट १२ फाइभजी नेपाली बजारमा लन्च गर्न पाउँदा हामी निकै उत्साहित छौं। रेड्मी नोट १२ फाइभजी ले हाम्रा प्रयोगकर्ताहरूलाई फाइभजी कनेक्टिभिटी र असाधारण कार्यसम्पादन सुनिश्चित गर्दछ। हामी विश्वस्त छौं कि यो स्मार्टफोनले हाम्रा ग्राहकहरूको अपेक्षाहरू पार गर्नेछ र उनीहरूको स्मार्टफोन अनुभवलाई समृद्ध बनाउनेछ।”
एमोलेड डिस्प्लेको साथमा १२० हर्जको उच्च रिफ्रेस दर
उत्कृष्ट १२० हर्ज एमोलेडको उच्च रिफ्रेस रेट डिस्प्ले सहित, रेड्मी नोट १२ फाइभजी ले अतुलनीय तस्विर गुणस्तर र सहजता प्रदान गर्दछ। वेब ब्राउज होस् वा सोशल मिडिया स्क्रोल वा मोबाइल गेमिङ्ग, यसको १२० हर्ज एमोलेड डिस्प्लेले प्रयोगकर्ताहरुलाई दैनिक आधारमा विश्वसनीयता प्रदान गर्दछ। यसको ६.६७ इन्चको डिस्प्लेले डिसीआई–पी३ वाइड कलर गामट, रिडिङ मोड, नेटफ्लिक्स एचडी र थप कुराहरूलाई समर्थन गर्ने र इमर्सिभ दृश्य अनुभव प्रदान गर्दछ।
रेड्मी नोट १२ फाइभजीको साथमा प्रयोगकर्ताहरूले लक स्क्रिनमा डबल ट्याप गरेर मात्र महत्वपूर्ण सूचनाहरू र अन्य उपयोगी जानकारीहरूसंग अद्यावधिक रहन सक्छन् । यसको सेटिङहरू अनुकूलन गरेर, प्रयोगकर्ताहरूले आफ्नो डिस्प्लेमा हेर्न चाहेको कुरा, समय, मिति, ब्याट्री क्षमता, वा आफ्नो मनपर्ने आदर्श वाक्य पनि छनोट गर्न सक्छन् । अत्यन्त सन्तोषजनक र प्रयोग गर्नको लागि रमाइलो, रेड्मी नोट १२ फाइभजी को उज्यालो र स्पष्ट डिस्प्लेले बाहिरी वातावरणमा पनि सामग्री र तस्बिरहरू स्पष्ट रुपमा प्रदान गर्दछ ।
प्रभावशाली प्रदर्शन, परिष्कृत मनोरञ्जन अनुभव
सिक्स एनएम प्रक्रियामा निर्मित शक्तिशाली स्न्यापडागन फोर जेन १ संग सुसज्जित, रेड्मी नोट १२ फाइभजीले प्रभावशाली प्रदर्शन प्रदान गर्दछ। प्रयोगकर्ताहरूको लागि परिष्कृत शक्ति दक्षता र डुअल फाइभजी सिम कार्ड समर्थनको साथमा ८ जीबीसम्मको र्याम र २५६जीबी भण्डारणले प्रयोगकर्ताहरुलाई थप एपहरू चलाउन छिटो गतिमा स्विच गर्न सक्षम बनाउँदछ।
परिष्कृत मनोरञ्जन अनुभवको आनन्द लिन, प्रतिक्रिया दिन, सामाजिक सञ्जालमा सामग्री छिटो पोस्ट गर्न र साथीहरूसँग उच्च ग्राफिक मोबाइल गेमहरू खेल्न सक्नुहुन्छ। फाइभजी कनेक्टिभिटीको साथमा अब प्रयोगकर्ताहरुले गेमहरू र अपडेटहरू छिटो डाउनलोड गर्न सक्नुहुन्छ।
३३ वाट फास्ट चार्जिङको साथ लामो समयसम्म चल्ने ब्याट्री
लामो ब्याट्री लाइफ र फास्ट चर्जिंग क्षमता भएकोले प्रयोगकर्ताहरूका लागि रेडमी नोट १२ फाइभजीले भरपर्दो, दिर्घकालिन पावर प्रदान गर्दछ। यसको ५,००० एमएएच ब्याट्रीले यस उपकरणलाई भारी प्रयोग जस्तै भिडियोहरू स्ट्रिम गर्ने, इन्टरनेट ब्राउज गर्ने र लामो समयसम्म गेमहरू खेल्नेको लागि उपयुक्त बनाउँछ। यो दैनिक आधारमा विश्वसनीयता प्रदान गर्दै, रेड्मी नोट १२ ले एमएमटी टेक्नोलोजीको साथ ३३ वाटको प्रभावकारी चार्जिङ प्रक्रिया सुनिश्चित गर्दछ।
ट्रिपल क्यामरा सेटअप तथा स्लीक डिजाइन
अल्ट्रा–वाइड र म्याक्रो क्यामरा लेन्सहरू सहितको ४८ एमपी ट्रिपल क्यामरा सेटअपसँग सुसज्जित, रेड्मी नोट १२ ५जीले उत्कृष्ट तस्बिर र भिडियो प्रदर्शन गर्दछ। यसले नाईट मोडमा पनि अद्भुत दृश्यहरू खिच्न सक्छ। यसको पोर्ट्रेट मोडले फिल्डको प्राकृतिक गहिराइ सिर्जना गर्छ जसले तपाईंको विषयलाई भीड वा व्यस्त पृष्ठभूमिबाट अलग राख्न मद्दत गर्दछ। पातलो र हल्का तौलको डिजाइनले फोन होल्ड गर्न सहज र लामो समयसम्म टिकाउ हुन्छ। डट डिस्प्ले, स्टाइलिश फ्ल्याट फ्रेम र कर्भ ब्याकको साथमा रेड्मी नोट १२ ५जी ले प्रिमियम लुक र अनुभव प्रदान गर्दछ।
बजार उपलब्धताः
रेड्मी नोट १२ ५जी ६ जीबी प्लस १२८ जीबी र ८ जीबी प्लस २५६ जीबी गरि दुई भेरियन्टहरूमा उपलब्ध छ।
६ जीबी प्लस १२८ जीबी र ८ जीबी प्लस २५६ जीबी भेरियन्टमा उपलब्ध यो फोनको मूल्य क्रमशः रु.२९,९९९ र रु.३१,९९९ रहेको छ।
रेड्मी नोट १२ ५जी नेपालभरका सबै अधिकृत स्टोरहरू र शाओमीका अधिकृत रिटेलरहरूमा जेठ २८ देखि उपलब्ध हुने कम्पनीले जनाएको छ।