प्रधानमन्त्री प्रचण्डले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो
![Prachanda-and-Modi-Meeting-in-India-1024x804 Prachanda-and-Modi-Meeting-in-India-1024x804](https://www.arthikpati.com/wp-content/uploads/2023/06/Prachanda-and-Modi-Meeting-in-India-1024x804-1-1024x585.jpg)
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले बिहीबार दिल्लीको हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।
भारत नजिकको छिमेकी मात्रै नभएर व्यापारको समेत ठुलो साझेदार भएकाले प्रधानमन्त्री मोदीले नेपाल भ्रमण गर्नुपर्ने भन्दै उनले निम्तो दिएका छन् । भारतीय प्रधानमन्त्री मोदीलाई स्वागत गर्न आफू आतुर रहेको प्रचण्डले बताए ।