भ्रष्टचार मुद्दामा चुडामणि शर्मासहित तीन जना दोषी ठहर
![Chudamani-Sharma Chudamani-Sharma](https://www.arthikpati.com/wp-content/uploads/2023/06/Chudamani-Sharma-1024x585.jpg)
काठमाडौं । विशेष अदालतले कर फर्छ्यौट आयोगको भ्रष्टचार मुद्दामा आन्तरिक राजश्व विभागका पूर्व महानिर्देशक चुडामणि शर्मासहित तीन जनालाई दोषी ठहर गरेको छ ।
अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा न्यायाधीशहरु यमुना भट्टराई र शालीग्राम कोइरालाको इजलासले शर्मासहित कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई दोषी ठहर गरेको हो ।
अदालतले उनीहरुलाई कर फर्छ्यौट आयोगमार्फत व्यापारीहरुलाई कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा दोषी ठहर गरेको हो । उनीहरुले आयोग मार्फत १० अर्ब २ करोड रुपैयाँ भ्रष्टाचार परेको आरोपमा अख्तियार दुरुपयोग आयोगले मुद्धा दायर गरेको थियो ।