मेस्सीले गरे पेरिस सेन्ट जर्मेन क्लब त्याग्ने निर्णय
विश्व प्रसिद्ध फुटबलर लियोनल मेस्सीले पेरिस सेन्ट जर्मेन क्लब त्याग्ने भएका छन् । यसै सिजनपछि उनले फ्रेंच क्लब पीएसजी छोड्ने भएका हुन् । सुपरस्टार फुटबलर मेस्सीले पेरिस सेन्ट जर्मेनका लागि आफ्नो अन्तिम खेल शनिबार क्लेरमाेन्ट फुट विरूद्ध खेल्ने निश्चित भएकाे छ ।
मेस्सीले जून महिनामा सम्झाैताकाे अन्त्य भएपछि क्लब छाेड्ने निर्णय गरेका छन् । बिहीबार प्रशिक्षक क्रिस्टोफे गाल्टियरले एक पत्रकार सम्मेलन गर्दै मेस्सीका पार्क डेस फ्यानहरूलाई न्यानो विदाई दिन आग्रह गरेका थिए।
मेस्सीले यस सिजनमा पीएसजीका लागि सबै प्रतियोगितामा २१ गोल र २० असिस्ट गरेका थिए । उनले २०२१ मा दुई वर्षको सम्झौता गर्दै बार्सिलोनाबाट फ्रान्सको राजधानी गएका थिए ।
३५ वर्षिय मेस्सीले अर्जेन्टिनालाई कतारमा विश्वकपको उपाधि दिलाएका थिए भने कीर्तिमानी सात बालोन डी’ओर अवार्ड जितेका थिए । उनले २०२१-२२ र २०२२-२३ सिजनमा पीएसजीसँगै लिग १ को उपाधि जितेका थिए। यसैगरी, मेस्सीले जुलाई २०२२ मा फ्रेन्च सुपर कप समेत जित हासिल गरेका थिए ।
गाल्टियरले बिहीबार पत्रकारहरूसँगकाे कुराकानीका क्रममा भने, “मैले फुटबलको इतिहासमा उत्कृष्ट खेलाडीलाई प्रशिक्षण दिने सुअवसर पाएको छु। यो पार्क डेस प्रिन्सेसमा उनको अन्तिम खेल हुनेछ र मलाई आशा छ कि उनले न्यानो स्वागत गर्नेछन्।”
गत महिना फ्रान्सकाे एक संचारमाध्यमले मेस्सीलाई साउदी अरबको अनाधिकृत यात्रा पछि दुई साताकोलागि निलम्बन गरिएको लेखेकाे थियाे । लोरिएन्टसँगकाे घरेलु मैदानमा ३-१ ले पराजित भएपछि उनलाई लिगमा आफ्नो टोलीसँग प्रशिक्षण गर्ने मानिएकाे थियाे । तर त्यसाे नभएपछि उनि निलम्बनमा परेकाे बताइएकाे थियाे । त्यसपछि मेस्सीले क्लबसँग माफी मागेकाे पनि संचारमाध्यमले लेखेका थिए ।