नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर, क्रस बोर्डर पेमेन्ट, पेट्रोलियम पाइपलाइनमा समझदारी
काठमाडौं । नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइनदेखि क्रस बोर्डर पेमेन्टसम्म सम्झौता भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा विहीबार सात सम्झौता भएको हो ।
जसमा तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट लगायतका समझदारीमा हस्ताक्षर भएको छ ।
त्यस्तै नेपालका प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा नेपालगञ्ज सुख्खा बन्दरगाहको उद्घाटन गरेका छन ।
दुई देशका प्रधानमन्त्रीले भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेलवे सेवाको पनि उद्घाटन गरेका छन् ।