जिओ मोबाइल स्टोरद्वारा थाइल्यान्ड भ्रमणको व्यवस्था

काठमाडौँ । जिओ मोबाइल स्टोरबाट मोबाइल खरिद गर्नुहुने प्रज्वल केसी र निरज कुशुवाह भाग्यशाली विजेता घोषित भएको छन् ।
गत फागुन २१ देखि बैशाख मसान्तसम्म संचालनमा रहेको स्किम अवधिमा जिओ मोबाइल स्टोरबाट मोबाइल खरिद गर्ने सेवाग्राहीहरू मध्ये “लक्की ड्र’’ मार्फत दुई भाग्यशाली विजेतालाई थाइल्यान्ड भ्रमणको अवसर प्रदान गर्ने घोषणा गरिए अनुसार बुधबार सो नतिजा सार्वजनिक गरिएको थियो ।
सेवाग्राही केसी र कुशुवाहाले ४ रात र ५ दिनका लागि उपहार स्वरुप थाइल्यान्ड भ्रमणको अवसर प्राप्त गरेका हुन ।
युवा उद्यमीहरूको समूहद्वारा प्रवद्र्घन गरिएको जोय ग्रुपद्वारा संचालित जिओ मोबाइल नेपालकै व्यापारीक केन्द्र पाकोस्थित न्यूरोडको ताम्राकार कम्प्लेक्समा अवस्थित छ ।
सो विक्री केन्द्रमा समय समयमा सेवाग्राहीमुखी यस्ता स्किम सार्वजनिक गरिँदै आएको छ । यससँग सम्बन्धीत विस्तृत जानकारी केन्द्रको टिकटक पेजमा पोष्ट गरिन्छ ।