आइएमई पे र निसर्ग अस्पताल बीच सम्झौता २५ % सम्मको छुट

काठमाडौं । ‘आइएमई पे’ र निसर्ग अस्पताल बीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार अब निसर्ग अस्पतालमा आइएमई पे मार्फत भुक्तानी गर्नुहुने ग्राहकहरुले २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नु हुनेछ ।
सम्झौता पत्रमा निसर्ग अस्पतालको तर्फबाट तीर्थ राज पन्त र आइएमई डिजिटल सोलुसन लिमिटेडको तर्फबाट जगदीश अवस्थीले हस्ताक्षर गर्नु भएको हो।
उक्त सम्झौता अन्तर्गत निसर्ग अस्पतालको विभिन्न सेवा सुबिधा प्रयोग गरी आइएमई पे मार्फत भुक्तानी गर्दा सुबिधा बमोजिम ५५ देखि २५ प्रतिशतसम्म छुट प्रदान गरिने छ। सो छुट १ वर्षका लागि लागु हुनेछ।