सेयरमा ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम कर हो : आन्तरिक राजस्व विभाग

काठमाडौं । बजेटमा गरिएको व्यवस्थाले सेयर बजार बेस्सरी प्रभावित भएपछि आन्तरिक राजस्व विभागले लिखितरुपमै सूचना जारी गरेको छ । विभागले सेयर बजारमा विद्यमान रहेको ५% र ७.५% पुँजीगत लाभकर नै अन्तिम कर भएको स्पष्ट पारेको छ ।
नियमित व्यवसायका रुपमा नभई पट्के रुपमा सेयर बिक्री गर्दा प्राप्त हुने लाभमा साबिककै कर अर्थात् ५% र ७.५% पुँजीगत लाभकर नै अन्तिम कर हो र यस व्यवस्थामा कुनै पनि परिवर्तन नगरिएको आन्तरिक राजस्व विभागले आधिकारिक सूचनामार्फत जानकारी गराएको छ ।
विभागले सेयर लगानीकर्ताका संगठनहरुद्वारा जारी विज्ञप्ति, सञ्चार माध्यममा आएका समाचारहरुले पनि लगानीकर्तामा दुविधा उत्पन्न भएको बुझिएकाले थप प्रस्ट पारिएको उल्लेख गरेको छ ।
