विश्वनाथ केडियाको जीवनीमा आधारित पुस्तक विमोचन
काठमाडौं । स्व. उद्योगपति, समाजसेवी, केडिया अर्गनाइजेशनका निर्देशक, यस फाउण्डेशनका तत्कालिन अध्यक्ष विश्वनाथ केडियाको जीवनीमा आधारित पुस्तक “अथक शान्त साधकःविश्वनाथ केडिया” नामक ग्रन्थको उपराष्ट्रपति राम सहाय यादवले होटल मेरियट नक्सालमा आयोजित एक भव्य समारोह बीच विमोचन गरेका छन् ।
२०८० जेष्ठ ११ गतेका दिन ग्रन्थको विमोचन गर्नु हुदै उपराष्ट्रपति यादवले स्व. केडियाले देश र समाजको लागि पुर्याउनु भएको योगदान उल्लेखनिय रहेको बताए । उनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा यथेष्ट कार्यहरु गर्नु भएको र भविष्यका पिडीले यसलाई अनुकरण गर्दै जानु पर्नेमा जोड दिए ।
समारोहमा स्व.केडियाका छोरा तथा सुशील केडिया सेवा फाउण्डेशनका नाति रचित केडियाले हजुरबुवासंग आफूले बिताएका सुनौलो क्षणहरुको स्मरण गरे ।
यस अघि ग्रन्थका सम्पादक आर.पी. भट्टराईले स्वागत मन्तव्य दिदैं उनले पुस्तक बारे संक्षिप्त जानकारी दिएका थिए ।
विमोचन समारोहको प्रारंभमा दिवंगत आत्माको चीर शान्तिको लागि १ मिनेट मौन धारण गरिएको थियो भने स्व. केडियाको जीवनमा आधारित ५ मिनेटको श्रव्य दृष्य सामग्री प्रदर्शन पनि गरिएको थियो ।
समारोह स्व.केडियाका दाजु तथा केडिया अर्गनाइजेशनका अध्यक्ष तारा चन्द केडियाको सभापतित्वमा सम्पन्न भएको थियो । उनले उपराष्ट्रपतिको हातबाट विश्वबावुको जीवनी विमोचन हुनु समस्त केडिया परिवारको लागि गौरवको क्षण भएको उल्लेख गरे ।
विमोचन समारोह कार्यक्रमको संचालन पूर्व मिस नेपाल सदिच्क्षा श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रम व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी Key Advertising Service Pvt.Ltd ले बहन गरेको थियो ।