आगामी वर्ष ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य

काठमाडौं । आगामी आर्थिक वर्षका लागि सरकारले ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक अवस्थामा सुधार आई सो आर्थिक वृद्धिको लक्ष्य पुरा हुने बताएका हुन।
यस्तै मुद्रास्फिती ६.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य सरकारको छ।
आर्थिक वर्षमा सरकारले ८ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको थियो भने मुद्रास्फीतिलाई ७ प्रतिशतमा राख्ने लक्ष्य लिएको थियो।