सूचीकृत हाइड्रोपावर र वास्तविक क्षेत्रका कम्पनीमा लगानी गर्न एनआरएनलाई खुल्ला गरिने

काठमाडौं । सरकारले नेप्सेमा सूचीकृत भएका हाइड्रोपावर कम्पनी र वास्तविक क्षेत्रका कम्पनीमा लगानी गर्नको लागि गैरआवसीय नेपालीलाई खुल्ला गर्ने भएको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाश शरण महतले यस्तो बताएका हुन्।
यस्तै पूँजीबजारमा संस्थागत लगानीकर्तालाई प्रोत्साहित गरिने उनले बताए।
पूँजीबजारमा संस्थागत लगानीकर्तालाई प्रोत्साहित गरिने छ। महतले भने एनआरएनलाई सूचीकृत जलविद्युत र अन्य वास्तविक क्षेत्रका कम्पनीमा लगानी गर्न खुल्ला गरिने छ।
कमोडिटि एक्सचेञ्ज र एसएमई प्ल्यार्टफर्मलाई पनि सञ्चालनमा ल्याइने बजेटमा उल्लेख छ।