सफ्टवेयर प्रोग्रामिङ,क्लाउड कम्प्युटिङ लगायत सेवा निर्यात गर्नेलाई आयकरमा ५० प्रतिशत छुट

काठमाडौं । सरकारले सफ्टवेयर प्रोग्रामिङ,क्लाउड कम्प्युटिङ लगाएत सेवा निर्यात गर्नेलाई आयकरमा ५० प्रतिशत छुट दिएको छ ।
अर्थमन्त्री प्रकाशशरण महतले अगामी आर्थिक बर्षको बजेटमा सूचना प्रविधिमा विदेशी मुद्रा आर्जन गर्नेलाई आयकरमा ५० प्रतिशत छुट दिएको हो ।
आगामी वर्षको बजेटमा प्रोसेस आउटसोर्सिङ, सफ्टवेयर प्रोग्रामिङ, क्लाउड कम्प्युटिङ जस्ता सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने व्यक्तिलाई विदेशी मुद्रामा प्राप्त गरेको आयमा लाग्ने करमा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ।
नेपालमा विद्युतीय सेवा बिक्री गर्ने गैरबासिन्दा व्यक्तिलाई करको दायरामा ल्याउन सम्वत् २०८० साल जेठ मसान्तसम्मको मूल्य अभिवृद्धि कर सम्वत् २०८० साल असार २५ गतेसम्म दाखिला गरेमा सोमा लाग्ने शुल्क, व्याज र थप दस्तुर मिनाहा हुने व्यवस्था मिलाएको छ।