५० लाख भन्दा माथि आम्दानी हुने व्यक्तिलाई ३९ प्रतिशत आयकर

काठमाडौं । सरकारले वार्षिक ५० लाख रुपैयाँ भन्दा बढी आम्दानी गर्ने व्यक्तिलाई लाग्ने आयकर दरमा सामान्य वृद्धि गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले वार्षिक ५० लाख भन्दा बढी आम्दानी गर्ने व्यक्तिलाई ३९ प्रतिशत आयकर लाग्ने व्यवस्था गरेका हुन् ।