सयदेखि २०० किलोवाटका विद्युतीय गाडीमा कर घट्यो, १०० किलोवाटसम्मको इभिमा बढ्यो

काठमाडौं । सरकारले सयदेखि दुई सय किलोवाटसम्मका विद्युतीय गाडीमा कर घटाएको छ । अगामी आर्थिक बर्षको लागि अर्थमन्त्री प्रकाशशरण महतले चर्को दबावपछि १०० देखि २०० किलोवाटका विद्युतीय गाडीमा अन्तशुल्क घटाएका हुन्।
आर्थिक विद्ययेक अनुसार हाल ३० प्रतिशत अन्तशुल्क लाग्दै आएकोमा २० प्रतिशत लाग्ने भएको छ ।
चालू आर्थिक बर्षको बजेटमा भने तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले सय किलोवाट माथिका गाडीमा कर बढाएका थिए । अब १०० किलोवाटदेखि २०० किलोवाटसम्मका विद्युतीय कार, जिप र भ्यानमा १० प्रतिशत अन्तशुल्क घटाएको हो ।
त्यसैगरी अर्थमन्त्री महतले ५० देखि १०० किलोवाटसम्मको विद्युतीय गाडीमा भन्सार ५ प्रतिशत र १० प्रतिशत अन्त:शुल्क लगाएका छन् ।