पाँचतारे होटलको सेवा र आयातित मदिरामा २ प्रतिशत बिलासिता कर

काठमाडौं । सरकारले पाँचतारे वा सो भन्दा माथिको होटल र लक्जरी रिर्सोटले प्रदान गर्ने सेवामा विलासिता कर लगाउने भएको छ ।
आर्थिक विधेयक २०८० का अनुसार यस्तो सेवामा २ प्रतिशतले कर लाग्ने भएको हो । त्यसैगरी सरकारले आयातित मदिरा र १० लाख रुपैयाँ भन्दा बढी मूल्यका हिरा, मोती, पत्थर जडित सुन वा बहुमूल्य धातुका गहनामा समेत सोही दरमा कर लागु हुने विधेयकमा उल्लेख छ । यस्तो कर होटल तथा रिर्सोटले सेवा प्रदान गरेको बेला नै असुल गर्नुपर्ने भएको छ ।
आयातित मदिराको भन्सार विन्दुमै पैठारीका बेला असुली हुने व्यवस्था गरिएको छ भने १० लाख भन्दा बढीका धातुका गहनामा भने बिक्रेता आफैले बिलासिलता असुल गरी सरकारलाई बुझाउनुपर्नेछ ।